नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले जन्मदिनका अवसरमा शुभकामना दिनेहरूलाई धन्यवाद दिएका छन् ।
जन्म दिनको अवसरमा शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै शुभकामना दिनेहरूलाई धन्यवाद दिएका हुन् ।
उनले समर्थकको माया र समर्थन नै आफ्नो लागि सबै थोक भएको उल्लेख गरेका छन् । ‘जन्मदिनको शुभकामनाका लागि सबैलाई धन्यवाद । तपाईंको माया र समर्थन मेरो लागि संसारको सबैभन्दा ठूलो अर्थ हो,’ उनले लेखेका छन् ।
अहिले क्यानडामा रहेका उनी जी-ट्वेन्टी खेलिरहेका छन् ।
