• Thursday 8th of October 2026

सचिनसँग रोहितको बराबरी


  • धनकुटा खबर
  • .

भारतीय क्रिकेटर रोहित शर्माले श्रीलंका विरुद्धको पहिलो एकदिवसीय खेलमा अर्धशतक बनाएका छन् । करिब एक महिनापछि मैदान फर्किएका उनले ४७ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५८ रनको पारी खेले । यो अर्धशतकीय पारीसँगै रोहितले पूर्वभारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको बराबरी गरेका छन् ।

भारतका लागि ओपनरका रूपमा सबैभन्दा बढी ५० प्लस रन बनाउने कीर्तिमान सचिन तेन्दुलकरको नाममा छ । अब रोहितले तेन्दुलकरको कीर्तिमान बराबरी गरेका हुन् ।

तेन्दुलकरले आफ्नो करियरमा भारतका लागि ओपनिङ गर्दा १२० पटक ५० बढी रन बनाएका थिए । ओपनिङका क्रममा रोहितले पनि १२० पटक ५० प्लस बनाएका छन् । अब ओपनिङका क्रममा थप ५० प्लस स्कोर बनाएर रोहितले पूर्व लिजेण्ड तेन्दुलकरको कीर्तिमान तोड्ने छन् ।

शुक्रबार राति सम्पन्न भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय खेल बराबरीमा सकिएको थियो । आर प्रेमदासा रंगशालामा पहिले ब्याटिङ गरेको श्रीलंकाले आठ विकेट गुमाएर २३० रन बनाएको थियो । तर, १३ बल बाँकी रहँदा पनि भारतीय टोलीले यो स्कोर पार गर्न सकेन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖