काठमाडौं । नेपाली महिला टोलीले काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ ।
भुटानमा जारी प्रतियोगितामा शनिबार बिहान भएको सेमिफाइनलमा मनिषा चौधरी र कमला पुनको जोडीले उज्वेकिस्तानलाई २–० को सेटमा पराजित गरेको हो । यससँगै नेपाल उपाधि नजिक पुगेको हो ।
नेपालले उज्वेकिस्तानलाई पहिलो सेटमा २१–१३ र दोस्रो सेटमा २१–१२ ले पराजित गरेको हो ।
