काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्स भिड्दै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने खेल अपराह्न ३:१५ बजे शुरू हुने खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो । तर, आइतबार भएको तेस्रो खेलमा भने नेपालले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेन र इरानलाई ३–२ ले पराजित हुन पुग्यो ।
लिगको शीर्ष स्थानमा रहने र चौथो हुने टोली तथा दोस्रो स्थानको र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने छ । श्रीलंका चार अंकसहित चौथो स्थानमा छ । ६ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ ।
