• Friday 9th of October 2026

देश छोड्न खोजिरहेका बंगलादेशका पूर्व विदेशमन्त्री विमानस्थलबाट पक्राउ


  • धनकुटा खबर
  • .

एजेन्सी । बंगलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सहमहासचिव हसन महमूदलाई हजरत शाहजलाल पक्राउ परेका छन् ।

उनी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । हसन महमूद देश छोड्न खोजिरहेका थिए ।

महमूदलाई मंगलबार दिउँसो अध्यागमन प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । महमूदलाई राति करिब ८ः३० बजे सेनाको जिम्मा लगाइएको थियो।

यसअघि पूर्व सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖