• Thursday 8th of October 2026

काभा महिला भलिबलः उपाधिका लागि नेपाल र भारतबीच भिडन्त शुरू


  • धनकुटा खबर
  • .

काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि नेपाल र भारतबीचको भिडन्त शुरू भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा बुधवार साँझ ५ बजे फाइनल खेल शुरू भएको हो ।

दक्षिण एसियाली स्तरका धेरै खेलमध्ये भलिबलमा पनि नेपालको मुख्य प्रतिस्पर्धी भारत रहँदै आएको छ ।

अहिलेसम्म नेपालले महिला भलिबलमा एकपटक मात्र भारतलाई हराएको छ । शनिवार लिग चरणको खेलमा नेपालले भारतलाई हराएको थियो ।

मंगलवार सेमिफाइनलमा इरानलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो । भारत मंगलवार नै श्रीलंकालाई हराएर फाइनलमा पुगेको हो ।

सन् २०१९ को दक्षिण एसियाली खेलकुद र सन् २०२३ को काभा वुमन्स च्यालेन्ज कपमा नेपालले घरेलु मैदानमा भारतसँग हारका कारण उपाधि गुमाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖