• Monday 5th of October 2026

उदयपुरको जंगलमा कार रोकेर धम्क्याउदै ढेडलाख पैसा लुट्न खोज्ने पक्राउ


  • धनकुटा खबर
  • .

उदयपुर । उदयपुरमा गुडीरहेको कारलाई जवरजस्ती रोकेर डेढ लाख रुपैयाँ माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर १० स्थित खैराहझोडाको जंगलमा पर्ने सडक नजिकै कार रोकेर लुट्न खोज्ने समूह पक्राउ परेको हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले कारभित्र रहेका चालकलाई एक लाख पचास हजार नदिए ज्यान मार्ने धम्की दिएको बुझीएको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय उदयपुरको कन्ट्रोल रुपमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । -उपहार न्यूज

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖