• Thursday 8th of October 2026

स्पेनले जित्यो ओलम्पिक फुटबलको स्वर्ण पदक


  • धनकुटा खबर
  • .

काठमाडौँ – जारी पेरिस ओलम्पिकमा फुटबलतर्फको स्वर्ण पदक स्पेनले जितेको छ ।

आयोजक फ्रान्सलाई फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले हराउँदै स्पेन सन् १९९२ पछि पहिलो पटक फुटबलको स्वर्ण पदक जित्न सफल भएको हो ।

खेलको शुरूवाती अग्रता लिए पनि जोगाउन नसक्दा फ्रान्स घरेलु मैदानको रजत पदकमा चित्त बुझाउन बाध्य भयो ।

निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनले थप २ गोल गर्दै ५–३ को जित निकालेको हो।

पछिल्लो वर्षयता स्पेनी सिनियर पुरुष तथा महिलादेखि उमेर समूहका टोलीले पनि एकपछि अर्को उपाधि जितिरहेका छन्। स्पेनी टोलीले फुटबल जगतमा दबदबा कायम राखेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖