• Thursday 8th of October 2026

एक बल पनि नखेलि रोहितको टोली बाहिरियो


  • धनकुटा खबर
  • .

काठमाडौं । क्यानडा टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्स एक बल पनि नखेलि ईलिमिनेटरबाट बाहिरिएको छ ।

रोहित सम्मिलित टोरोन्टोले शनिबार बिहान ईलिमिनेटर खेलमा बंग्ला टाइगर्ससँग खेल्ने तालिका रहेको थियो । तर, निरन्तरको वर्षाका कारण खेल असम्भब भएपछि टस समेत नभई खेल रद्द भएको हो ।

लिग चरणको अंकको आधारमा बंग्लाले क्वालिफायर्स २ मा स्थान बनाएको हो । लिग चरणमा बंग्लाको ९ र टोरोन्टोको ७ अंक रहेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी तथा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भेनकुवर नाईट्स भने लिग चरणबाट नै बाहिरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖