• Thursday 8th of October 2026

लैङ्गिक विवादकाबीच बक्सर इमान खलिफाले जितिन स्वर्ण


  • धनकुटा खबर
  • .

एजेन्सी – अल्जेरियन बक्सर इमान खलिफाले लैङ्गिक विवादकाबीच पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेकी छन्।

उनले ६६ केजी तौल समूहको महिला बक्सिङ प्रतियोगितामा इमान खलिफले यो स्वर्ण पदक जितेकी हुन्।

त्यसका लागि उनले चिनियाँ बक्सर याङ्ग्या लिउलाई हराएकी थिइन् ।

खलिफा पुरुष रहेको बताइएको छ। पेरिस ओलम्पिकमा इटालियन बक्सर एन्जेला कारिनीबीचको खेलपछि खलिफालाई लिएर विवाद शुरू भएको थियो ।

यो खेल ४६ सेकेण्डमा सकिएको थियो भने खेलपछि करिनीले आफूले ज्यान जोगाउन परेको टिप्पणी गरेकी थिइन् ।

त्यसपछि सामाजिक सञ्जालमा बहस शुरू भएको थियो भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले इमान खलिफाले नियमअनुसार खेलिरहेको भन्दै विज्ञप्ति जारी गर्नुपरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖