• Thursday 8th of October 2026

रोहित पौडेल आबद्ध टोली ग्लोबल टी–२० क्यानडाको फाइनलमा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स ग्लोबल टी–२० क्यानडाको फाइनलमा पुगेको छ ।

पौडेल सुरुवाती ११ मा नअटाएको खेलको दोस्रो क्वालिफायरमा ब्राम्पटन वूल्भ्सलाई हराउँदै टोरोन्टो फाइनलमा प्रवेश गरेको हो ।

टोरोन्टोले ब्राम्पटनलाई ५ विकेटले हराएको हो । ब्राम्पटनले प्रस्तुत गरेको १ सय ४२ रनको लक्ष्य टोरोन्टोले १० बल अगावै मात्र ५ विकेटको क्षतिमा पछ्यायो ।

यसअघि निक हबसनलको अर्धशतकको मद्दतले ब्राम्पटनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖