• Thursday 8th of October 2026

एभरेस्ट महिला भलिबल लिगका ६ जना मार्की खेलाडी घोषणा


  • धनकुटा खबर
  • .

पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्पर्धा गर्ने ६ टोलीका मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ।

इन्फिनिटी ड्रीम्स प्रालिले आयोजना गर्न लगेको लिगमा सहभागी हुने ६ टोलीको मार्की खेलाडीको नाम आइतबार घोषणा गरिएको हो।

मार्की खेलाडी
गण्डकी – सरस्वती चौधरी
काठमाडौं- उषा भण्डारी
मधेश – निरुता ठगुन्ना
चितवन – अरुणा शाही
कर्णाली – सुमित्रा रेग्मी
ललितपुर – सलिना श्रेष्ठ

मार्की खेलाडी घोणषासँगै अरु खेलाडी टोलीमा भित्र्याउन ड्राफ्ट हुने आयोजकको भनाइ छ। ड्राफ्टमार्फत खेलाडी टोलीमा आबद्ध भएसँगै प्रशिक्षण सुरु हुनेछ।

लिगका लागि यसअघि नै इन्फिनिटी ड्रिम्सले नेपाल भलिबलसँग सम्झौता गरेको थियो।

नेपालमा पहिलो पटक आयोजना हुने लागेको महिला भलबिल फ्रेञ्चाइज लिग आमिर अख्तरको नेतृत्वमा आयोजना हुन लागेको हो।अख्तरले यसअघि एभरेस्ट प्रिमियर लिग फ्रेञ्चाइज क्रिकेट आयोजना गरेका थिए।

भलिबल लिगको फ्रेन्चाइजी क्लबले ३-३ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖