• Thursday 8th of October 2026

दीपेन्द्र र रोहितले क्यारेवियन टि-१० नखेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल तथा विष्फोटक अलराउन्डर दीपेन्द्रसिंह ऐरी वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यावियन टी-१० लिग नखेल्ने भएका छन् ।

लिगले गत महिना खेलाडी छनोटका लागि भएको ड्राफ्टबाट अनुबन्ध गरे पनि भिषा समस्याका कारण रोहित र दीपेन्द्रले लिगमा सहभागीता नजनाउने भएका हुन् ।

“भिषा समस्याका कारण रोहित र दीपेन्द्रले लिगमा सहभागीता नजनाउने भएका हुन्,” उनीहरुका नेपाली ब्यबस्थापक रवि तिमिल्सिना भने “वेस्ट इन्डिज जाने प्रकृया नमिलेका कारण दुवै जना क्यानडामा नै रहने छन् ।”

“क्यानडामा आगामी महिना हुने विश्वकप लिग २ अन्तर्गतको सिरिजका लागि उनीहरु उतै अभ्यासमा रहिरहेको उनले बताए । निरन्तर अभ्यासमा नै रहेका छन् । केही दिन अघिसम्म दुवै जना ग्लोबल टि ट्वान्टी लिगमा आ आफ्नो टिमबाट खेलिरहेका थिए । अहिले लिग सकिएपछि पनि विभिन्न रुपमा अभ्यास गरिरहेका छन् ,” व्यवस्थापक तिमिल्सिनाले बताए ।

नेपालका लागि रोहित र दीपेन्द्र महत्वपुर्ण खेलाडी रहेकाले त्यहाँको कन्डिसनमा समेत अभ्यस्त हुने हुँदा उनीहरु त्यहाँ रहेको फाइदा नै हुन्छ व्यवस्थापक तिमिल्सिनाले बताए ।

नेपाली टोली भने हाल अभ्यासको लागि भारतमा रहेको छ । नेपालले भारतको बेंग्लोरमा रहेको नेसनल्स क्रिकेट एकेडेमी (एनसिए) मा दुई साता अभ्यास गर्नेछ । भारतमा हुने अभ्यासमा रोहित, दीपेन्द्र सहित सन्दीप लामिछाने पनि रहने छैनन् । सन्दीप पनि क्यानडामा नै रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖