• Thursday 8th of October 2026

स्टार विङ्गर लामिन यामालका बुवामाथि छुरा प्रहार


  • धनकुटा खबर
  • .

बार्सिलोना र स्पेनका स्टार विङ्गर लामिन यामालका बुबा मोनिर नसराउईमाथि छुरा प्रहार भएको छ।

उनीमाथि उत्तरपूर्वी स्पेनको माटारोको एउटा पार्किङ स्थलमा छुरा प्रहार भएको ला भानगार्डिया अखबारलाई उद्धृत गर्दै रोयटर्स जनाएको छ।

रोयटर्सले माटारोको क्षेत्रीय प्रहरी बल र त्यहाँको स्थानीय सरकारका प्रवक्तासँग यस विषयमा कुरा गर्ने प्रयास गरे पनि कुनै प्रतिक्रिया नपाएको समाचारमा उल्लेख गरेको छ।

ला भाानगार्डियाको रिपोर्टका अनुसार नसराउईलाई नजिकैको बडालोना सहरको क्यान रुती अस्पतालमा लगिएको थियो। उनी अहिले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖