धनगढी। राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा अरुण कुँवर चयन भएका छन् ।
नेकपा एमाले सम्बद्ध युवा संघको बिहीबार डोटीमा सम्पन्न भएको प्रदेश अधिवेशनबाट अध्यक्षमा कुँवर चयन भएका हुन् ।
यस्तै, उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह-सचिवमा रामबहादुर रोकाया र दिपेन्द्र खड्का, कोषाध्यक्षमा खगेन्द्र नाथ चयन भएका छन् भने महिला विभाग प्रमुखमा श्रीया सिंह चयन भएकी छन् ।
