• Tuesday 6th of October 2026

शिक्षकका माग पूरा गर्न र आन्दोलनमा लागेबापत कुनै कारबाही नगर्न एमाले काठमाडौं इन्चार्ज पोखरेलको आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले आन्दोलनमा उत्रिएका शिक्षकका जायज मागमा पार्टीको समर्थन रहेको भन्दै शिक्षकमाथि कुनै कारबाही वा प्रतिशोध नलिन काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं जिल्ला कमिटीको तर्फबाट इन्चार्ज पोखरेलले वक्तव्य जारी गर्दै गठबन्धन सरकारले शिक्षकको स्वाभिमान र अधिकारलाई कुण्ठित हुने गरी विद्यालय शिक्षा विधेयक ल्याएको आरोप समेत लगाएका छन्।

काठमाडौं महानगरपालिकाका मेयरले आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने भन्दै नगर प्रहरीमार्फत हाजिरीमा रातो लगाएपछि एमाले काठमाडौं शिक्षकको पक्षमा उभिएको हो ।

सरकारले शिक्षा प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै लाखौँ शिक्षकहरू ३ दिनदेखि सडक आन्दोलनमा छन् । सबै विद्यालयहरू बन्द छन् ।

पोखरेलले विज्ञप्तिमा भनेका छन्– शिक्षकलाई सडकमा ल्याउने यो सरकारको असफलता हो । उनीहरूका जायज माग पुरा गर्न सार्थक वार्ताको माग् गर्दछु । म शिक्षक लगायत सबै पेशाकर्मी जायज माग पुरा गर्न सरकार समक्ष पुनः अपिल गर्दछु ।

पोखरेलले विद्यार्थीको पढाई र उनीहरूको शैक्षिक भविष्यप्रति जिम्मेवार बन्न शिक्षकहरूलाई समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖