• Tuesday 6th of October 2026

शिक्षक आन्दोलनलाई एमालेको समर्थन


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संसदमा दर्ता गराएको शिक्षा विधेयक फिर्ता लिन माग गरेको छ। विधेयकले शिक्षकको माग सम्बोधन नगरेको भएकाले सरकारसँग विधेयक फिर्ता लिन माग गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनले भने, ‘संसदमा दर्ता भएको शिक्षा विधेयकले अस्थायी शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीहरुको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा र शिक्षकहरुको सवाल, अस्थायी अवधिको गणना, बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा, कार्यसम्पादन मुल्यांकनको कुरालाई विधेयकले सम्बोधन गर्न नसकेको हुनाले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयक अविलम्ब फिर्ता लिएर सरोकारवालाहरुसँग वार्ता संवाद गरी अघि बढ्नुपर्र्छ।’

उनले सरकारलाई शैक्षिक वातावरण नबिथोल्ने शिक्षकहरुको माग सम्बोधन गर्न माग गरे। नेपाल शिक्षक महासंघको माग र आन्दोलनलाई समर्थन र ऐक्यबद्धता रहेको समेत सुनाए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖