• Thursday 8th of October 2026

क्रिकेटर धवनले गरे सन्यासको घोषणा


  • धनकुटा खबर
  • .

एजेन्सी – भारतीय क्रिकेटर शिखर धवनले सन्न्यासको घोषणा गरेका छन् । धवनले शनिवार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।

‘जीवनमा अगाडि बढ्नका लागि बाटो बदल्नु महत्त्वपूर्ण छ । यसैले म अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्न्यासको घोषणा गर्दैछु,’ उनले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘खुसीका साथ जाँदैछु कि मैले भारतका लागि यति लामो समय खेलेको छु ।’

धवनले आधुनिक ओडिआईको महान खेलाडीको रूपमा सन्यास लिएका छन् । धवन ओडिआई इतिहासमा ४० भन्दा बढी औसत र ९० भन्दा बढी स्ट्राइक रेटमा ५ हजार भन्दा बढी रन बनाउने आठ ब्याटर मध्ये एक बनेका छन् ।

सन् २०२२ को डिसेम्बरमा बंगलादेशविरुद्धको ओडिआई सिरिज पछि उनले भारतका लागि खेलेका छैनन् ।

धवनले टेस्ट डेब्युमा सबैभन्दा कम बलमा शतक बनाउँने कीर्तिमान समेत राखेका छन् । उनले मोहालीमा अस्ट्रेलियाविरुद्धको खेलमा डेब्यु गर्दै ८५ बलमा शतक बनाएका थिए । धवनले २ सय ६९ अन्तर्राष्ट्रिय खेलमा २४ शतक सहित १० हजार ८ सय ६७ रन बनाएका थिए ।

धवनले आफ्नो आइपिएल करियरमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट खेलेका थिए । उनले २ सय २१ इनिङमा १ सय २७ दशमलव १४ को स्ट्राइक रेटमा ६ हजार ७ सय ६९ रन बनाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖