• Tuesday 6th of October 2026

क्यान चुनावको बन्द सत्रबाट गलहत्याइएपछि भक्कानिए पूर्व क्रिकेटर लाक्पा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानको चुनावी साधारण सभामा पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर लाक्पा लामामाथि दुर्व्यवहार भएको छ।

बन्द सत्रमा उपस्थित लाक्पालाई क्यान अध्यक्ष चतुरबहादुर चन्दले निकाल्न प्रहरीलाई निर्देशन दिएपछि भक्कानिएका हुन्। चन्दले ‘प्रहरी साथीहरु तपाईहरु सक्नुहुन्न भने म थप प्रहरी बोलाउँछु’ भनेपछि पछाडि चर्को स्वरमा बोलिरहेका लाक्पा भक्कानिएका थिए।

उनी झापा जिल्ला क्रिकेट संघको प्रतिनिधि बनेर चुनावमा सहभागी हुन आएका थिए। तर झापा जिल्ला संघबाट २ जना आफूलाई प्रतिनिधी दाबी गर्दै आएपछि निर्वाचन समितिले दुवैलाई चुनावमा सहभागी नगराउने निर्णय गरेको थियो।

अर्का प्रतिनिधि मनोज कटवाल त्यसअघि नै बन्द सत्रबाट बाहिरि सकेका थिए। तर लाक्पा भने आफू आधिकारिक भएको भन्दै जसरी पनि सहभागी गराउनुपर्ने दाबी बन्द सत्रमा गरिरहेका थिए।

क्यान अध्यक्ष चन्दले निर्वाचन समितिको निर्णयपछि लाक्पालाई बन्द सत्रमा बस्नेसमेत अधिकार नभएको बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖