• Wednesday 7th of October 2026

सन्दीप र ललित बिबीएल ड्राफ्टमा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु सन्दीप लामिछाने र ललितनारायण राजवंशी अस्ट्रेलियामा आयोजना हुने बिग बास लिग(बिबीएल) को खेलाडी ड्राफ्टमा परेका छन् ।

बिबीएलले बुधबार जारी गरेको खेलाडी ड्राफ्टको सुचीमा सन्दीप र ललितले स्थान बनाएका हुन् ।

बिबीएलको खेलाडी ड्राफ्ट सेप्टेम्बर १ तारिखमा हुनेछ । सन्दीप गत संस्करण पनि ड्राफ्टमा रहे पनि कुनै टोलीमा अनुबन्ध हुन सकेका थिएनन् ।

यस संस्करणको बिबीएल १५ डिसेम्बरबाट सुरु हुनेछ । सन्दीपले ३ संस्करण यस लिग खेलिसकेका छन् । ललित भने पहिलो पटक कुनै लिगको ड्राफ्टमा अटाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖