• Thursday 8th of October 2026

प्यारालाइसिस अवस्थामा रहेका तेह्रथुमका एन्फा रेफ्री सुमन खापुङको आज मुटुको अप्रेशन हुँदै


  • धनकुटा खबर
  • .

तेह्रथुम जिल्लाका एन्फा रेफ्री सुमन खापुङको गंगालाल हस्पिटल काठमान्डौमा आज (भदौ १३ गते) मुटुको अप्रेशन हुँदैछ ।

उनको बिहान ७ः३० देखि अप्रेशन शुरू हुने जानकारी प्राप्त भएको छ । मुटुको एउटा भल्ब लिक भएकोले भल्ब नै परीवर्तन गरी ओपन हर्ट शल्यक्रिया गर्नुपर्ने भएको छ ।

गत बैसाख ११ गते मुटुको समस्याको कारण अचानक प्रेसर लो भएर खापुङ ढलेका थिए र शरीरको देब्रे भाग पुरै प्यारालाइसिस पनि भएको थियो । उनको तत्कालका लागि वि.पि. कोइराला प्रज्ञा प्रतिष्ठान धरान घोपामा उपचार गरिएको थियो ।

चिकित्सकको सल्लाह र रिपोर्ट बमोजिम उनको आज गंगालाल हस्पिटलमा अप्रेशन हुदैछ । प्यारालाइसिस भए पश्चात उनी आफै हिडडुल गर्न समेत नसक्ने अवस्थामा थिए । शुरूवाती समय भन्दा पछिल्लो समय केही सुधार भने आउँदै थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖