• Wednesday 7th of October 2026

लिग २ को तयारी नेपालले श्रीलंकामा गर्ने


  • धनकुटा खबर
  • .

क्यानमा हुने आइसीसी विश्वकप लिग–२ को दोस्रो त्रिकोणात्मक सिरिजको तयारी नेपालले श्रीलंकामा गर्ने भएको छ।लिग–२को सिरिज खेल्ने क्यानडा जानुअघि नेपाली टिममले श्रीलंकामा अभ्यास खेल खेल्ने भएको हो। नेपालले श्रीलंकामा ३ अभ्यास खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

नेपाली टोलीले श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग ३ खेलको एकदिवसीय सिरिज क्यानले जनाएको छ।नेपालले पहिलो अभ्यास खेल सेप्टेम्बर ३मा खेल्ने छ। दोस्रो खेल सेप्टेम्बर ५ र तेस्रो खेल सेप्टेम्बर ७मा हुने क्यानले सर्वाजनिक गरेको तालिकामा छ। प्रत्येक खेलअघि नेपाली टोलीले त्यहाँ एक दिन अभ्यास गर्ने छ।

श्रीलंकामा अभ्यास खेले खेलेर नेपाली टिम उतैबाट त्रिकोणात्मक सिरिजका लािग क्यानडा प्रस्थान गर्ने छ।

लिग–२ को सिरिजमा नेपालले सेप्टेम्बर १८ र २६ सेप्टेम्बरमा क्यानडासँग खेल्ने छ भने २० र २४ मा ओमानसँग खेल्नेछ। त्यसपछि नेपालले यी दुई टिमसँगै त्रिकोणात्मक टि–२० सिरिज खेल्नेछ।भारतको बैंग्लोरमा करिब ३ सता प्रशिक्षण गरेर नेपाली टिम २ दिनअघि मात्र नेपाल फर्किएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖