• Wednesday 7th of October 2026

श्रीलंका विरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको लगातार दोस्रो जित


  • धनकुटा खबर
  • .

काठमाडौँ । इङल्याण्डले श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।

खेलको चौथो दिन श्रीलंकाले दिएको २०५ रनको लक्ष्य इङल्याण्डले ५ विकेट गुमाएर पुरा गरेको थियो । 

यस टेस्टमा श्रीलंकाले पहिलो इनिंगमा २३६ रन बनएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा ३५८ रन बनाएको थियो । त्यसपछि श्रीलंका आफ्नो दोस्रो इनिंगमा ३२६ एन बनाएर आलआउट भएपछि इङल्याण्डले २०५ रनको लक्ष्य पाएको थियो ।

यो जितपछि ३ खेलको सिरिज इङल्याण्डले २-० ले जितेको छ । अब सिरिजको अन्तिम खेल ओभलमा सेप्टेम्बर ६ देखि हुने छ ।
          

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖