• Tuesday 6th of October 2026

हिन्दूवादीहरुको प्रदर्शन, पसलहरू बन्द गराएपछि अवस्था तनावग्रस्त


  • धनकुटा खबर
  • .

जनकपुरधाम । सर्लाहीको मलंगवामा हिन्दुमाथि आक्रमण भएको विरोधमा वीरगन्जमा हिन्दूवादीहरुले आन्दोलन सुरु गरेको छ ।

हिन्दूवादीहरुले आज दिउँसो जुलुस निकालेका हुन् । सो क्रममा पसलहरू बन्द गराएपछि अहिले वीरगञ्जको अवस्था तनावग्रस्त बनेको छ ।

सम्भावित घटना हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । हिन्दूवादीहरुले आक्रमणकारीलाई कडा कारबाही गर, हिन्दु राष्ट्र घोषणा गर, हिन्दु एकता जिन्दाबाद नारा लगाइरहेका छन् ।

मलंगवामा बिहीबार राति मूर्ति सेलाउन जानेक्रममा दुई समुदायबीच झडप भएको थियो । एक हिन्दू युवकमाथि छुरा प्रहार गरिएको छ ।

घटना उग्र रूप लिएपछि स्थानीय प्रशासनले मलंगवा क्षेत्रमा बिहीबार राति १० बजेदेखि नै अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖