• Tuesday 6th of October 2026

क्यानको सचिव र केन्द्रीय सदस्य पदका लागि मतदान सुरू, को-को छन् उम्मेदवार


  • धनकुटा खबर
  • .

नेपाल क्रिकेट संघ (क्यान)को सचिव र केन्द्रीय सदस्य पदका लागि मतदान सुरू भएको छ।

निर्वाचन कार्यतालिका अनुसार आज मध्याह्न साढे १२ बजेदेखि मतदान सुरू हुने भनिएपनि डेढ घन्टा ढिला गरी मतदान सुरू भएको हो।
क्यानको अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित केही केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।

नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा जारी अधिवेशनबाट चतुरबहादुर चन्द क्यानको अध्यक्षमा दोहोरिएका हुन्।

प्रस्तावक र समर्थक नै नपाएपछि अध्यक्षका अर्का आकांक्षी बर्दिया क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारी पछि हटेपछि चन्द निर्विरोध अध्यक्ष बनेका हुन्।

त्यस्तै उपाध्यक्षमा रोशन सिंह निर्विरोध भए भने कोषाध्यक्षमा कर्णाली क्रिकेट संघका अध्यक्ष पदम बहादुर खड्का पनि निर्विरोध भएका छन्।

सदस्यहरूमा श्रीधर केसी, प्रदीप मतगैयाँ पनि निर्विरोध चयन भएको सचिव पदका उम्मेदवार प्रशान्तविक्रम मल्लले जानकारी दिए।
महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएकी छन्।

अब सचिवसहित बाँकी रहेका केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ। सचिव पदका लागि नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र क्यानकै पूर्वसचिव प्रशान्तविक्रम मल्लले उम्मेदवारी दिएका छन्।
पारस चतुरबहादुर चन्द प्यानलका उम्मेदवार हुन्। क्यानको कार्यवाहक सचिव रहँदा विवाद उत्पन्न भएपछि मल्लले गत वर्षको माघ महिनामा पदबाट राजीनामा दिएका थिए।

क्यानको निर्वाचनमा ८४ मतदाता छन्।

को-को छन् उम्मेदवार

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖