काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने १९ औं एसियाली खेलकुद खेल्न आइतबार टोलीसँगै नजाने भएका छन् । पछिल्लो एक वर्षदेखी अदालतमा एक १७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपको मुद्धा खेपेका सन्दीपको आइतबार पेशी परेकोछ ।
नेपाली क्रिकेट टोली आइतबार दिउँसो १२ बजे चीनतर्फ प्रस्थान गर्दैछ । तर सन्दीप टोलीसँग नजाने स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ ।
सन्दीपको आइतबार पेशी परेको कारण सोमबार जाने भएका छन् । नेपालले घाइते स्पिनर ललितनारायण राजवंशीको स्थानमा सागर ढकाललाई टोलीमा समेटेको छ । एसियाली खेलकुदमा नेपालले बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
नेपाल शीर्षस्थानमा पुग्न सके क्वाटरफाइनल खेल्नेछ । क्वाटरफाइनलमा पाकिस्तान, भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तान सोझै पुगेका छन् । तीन समूहबाट शीर्ष तीन टोली क्वाटरफाइनलमा पुग्नेछन् । १९ औं एसियाली खेलकुदमा नेपाललाई पदक विजेताको दाबेदारको रुपमा समेत हेरिएको छ । खेल टि२० शैलीमा हुनेछ ।
नेपालको टोली :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि।सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) ।
