• Wednesday 7th of October 2026

एमबाप्पेबिनै मैदान उत्रिएको फ्रान्सको जित


  • धनकुटा खबर
  • .

नेसन्स लिगमा फ्रान्सले बेल्जियमलाई हराएको छ । स्टार फरवार्ड तथा कप्तान किलियन एमबाप्पेलाई बेन्चमा राखे पनि फ्रान्सले बेल्जियमलाई २–० ले हराएको हो ।

रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाए ।

खेलको ३०औं मिनेटमा कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सलाई तीन अंक दिलाए ।

जितसँगै फ्रान्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । फ्रान्सको शीर्ष स्थानमा रहेको इटालीको भन्दा तीन अंक कम छ ।

यसअघि फ्रान्स यही मैदानमा शुक्रबार राति भएको खेलमा इटालीसँग ३–१ ले पराजित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖