• Monday 5th of October 2026

यी हुन् जयन्ती भट्ट,जो क्यानको महिला सदस्यमा निर्विरोध निर्वाचित भइन्


  • धनकुटा खबर
  • .

काठमाडौं ।नेपाल क्रिकेट संघ(क्यान)को महिला सदस्यमा जयन्ती देवी भट्ट दोहोरिएकी छिन् ।

उनी चार वर्षअघि पनि क्यानमा महिला सदस्यको रुपमा निर्वाचित भएकी थिइन् ।

दार्चुलाकी भट्टले महिला सदस्यमा दोहोरिएपछि महिला खेलाडीको हकहितका लागि काम गर्ने बताएकी छन् ।

‘म अब हाम्रा महिला खेलाडीको हकहितका लागि कुरा उठाउने छु ।महिला खेलाडीको तलब, करार कोटा लयागतका कुरामा म ध्यान दिनेछु,’ उनले अनलाइनखबरसँग भनिन् ।

उनले अब आउँदो साधरणसभामा महिलाको ३३ प्रतिशत उपस्थितिका लागि प्रयास गर्ने बताइन् ।

भट्टसँगै केन्द्रीय कार्यसमितिमा ६ जना सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का, लुम्बिनी प्रदेशमा प्रदीप मझगैया र कर्णाली प्रदेशमा श्रीधर केसी निर्विरोध भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖