• Monday 5th of October 2026

आठ मिनेटमा तीन गोल गर्दै बार्साको उत्कृष्ट पुनरागमन


  • धनकुटा खबर
  • .

क्याम्प नाउ । सेल्टा भिगोविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्साले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ गोलले विजयी बनेको हो ।

जोर्गन स्ट्रान्ड लार्सेन र टासोस डुभिकासको गोलको मद्दतले खेल सकिन ९ मिनेट बाँकी छँदा सेल्टा २–० ले अघि थियो । तर, ४ मिनेटको अन्तरमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दै खेल बराबरी गरे । ८९ औँ मिनेटमा जोआओ क्यानसेलोले तेस्रो गोल गर्दै बार्साको पुनरागमन पुरा गरे ।

साबिक विजेता बार्सिलोनाको ६ खेलपछि १६ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको जिरोनाको पनि १६ अङ्क रहेको छ । तर, गोलअन्तरको आधारमा बार्सा शीर्ष स्थानमा उक्लन सफल भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖