• Wednesday 7th of October 2026

एन्फा महिला लिग : सुदूरपश्चिमको पोस्टमा आर्मीको १४ गोल


  • धनकुटा खबर
  • .

एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १४-१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको मंगलबार खेलमा आर्मीले पहिलो हाफमा ८ गोल गर्दा दोस्रो हाफमा ६ गोल गरेको थियो।

आर्मीका लागि दिपा शाहीले २३, ३१, ४५+१, ५४ र ६२ मिनेटमा गरी पाँच गोल गरिन्। अनिता लाम्जेलले ८२ र ९०+३ मिनेटमा गरी दुई गोल गरिन्।

यस्तै विमला चौधरीले सातौं, हिमा चौधरीले १५, चन्द्रा भण्डारीले २३, सन्जु कुमालले ४५, विमला विकले ६४ र सावित्री देवी मगरले ८९ मिनेटमा गोल गरे। सुदूरपश्चिममकी निलम सिंहले ६४ मिनेटमा आत्मघाती गोल गरेकी थिइन्।

सुदूरपश्चिमले गरेको एक गोल पनि आत्मघाती स्वरुप पाएको थियो। आर्मीकी शान्ती विकले २० मिनेटमा आत्मघाती गोल गरेकी थिइन्।

लिगमा आर्मीको यो दोस्रो जित हो। यसअघि आर्मीले संकटालाई ४-० गोलले हराउँदा एपिएफसँग भने २-१ गोलको पराजय भोगेको थियो।
जारी लिगमा खराब खेल देखाइरहेको सुदूरपश्चिम लगातार तेस्रो खेलमा पराजित भयो। यसअघि उसले बागमतीसँग ५-१ र नेपाल पुलिस क्लबसँग ९-० गोलको हार बेहोरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖