• Wednesday 7th of October 2026

भारतकी केपी अनुश्रीले चितवन शक्तिबाट खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्ल्यूभीएल)का लागि चितवन शक्तिले तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । चितवनले आफ्नो तेस्रो खेलाडीको रुपमा भारतकी केपी अनुश्रीलाई अनुबन्ध गरेको हो ।

अनुश्री भारतकी युवा स्टार खेलाडी हुन् । उनलाई यस प्रतियोगिताका लागि चितवनले आउटसाइड हिटरको रुपमा टिममा भित्र्याएको हो ।

यसअघि पनि एनभीएल क्लब च्याम्पियनसिप र एनभीएल लिगमा बुटवलको एभरेष्ट क्लबमा आबद्ध भई खेलेकी उनी क्लब च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी र एनभीएल लिगमा उत्कृष्ट स्पाइकरको उपाधि जितेकी खेलाडी हुन् । उनी नेपालको भलिबलसँग परिचित अनुहार हुन् ।

अनुश्री टिममा आबद्ध हुँदा टिम बलियो हुने र नेपाली भलिबल प्रेमी दर्शकका लागि पनि खेल रोमाञ्चक हुने आश गरेको छ ।

यसअघि चितवन शक्तिले अजरबैजानकी आउटसाइड हिटर केन्सिया पावेल्निको र भारतकी मिडलब्लकर सुर्या एसलाई अनुबन्ध गरिसकेको छ ।

चितवनका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही टिमको मार्की खेलाडीको रुपमा रहेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖