• Wednesday 7th of October 2026

फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित


  • धनकुटा खबर
  • .

काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरको छ । गएराती सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ओसमान डेम्बेलेले २ तथा फाबियन रुइजले एक गोल गरेका थिए । त्यस्तै ब्रेस्टका लागि रोमेन डेल कास्टिलोले एक गोल गरेका थिए ।

यो जितपछि पिएसजीको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्रेस्टको भने यस सिजनमा यो तेस्रो हार हो । ४ खेलमा ३ अंक हासिल गरको ब्रेस्ट लिगमा १२औं स्थानमा झरेको छ ।
       

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖