काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदीय समितिप्रति आक्रोश व्यक्त गरेका छन् । आफूसँग असम्बन्धित विषयमा पनि छलफलका लागि बोलाएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।
राज्य व्यवस्था समितिले अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न बोलाएपछि उनी रिसाएका हुन् । आइतबार बैठकमा सहभागी भएर उनले भने– मन्त्री भएका कारण उठ, आइज भन्नेबित्तिकै मान्नुपर्छ र ?
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा आफू असम्बन्धित भए पनि समितिले आउनै पर्ने भनेकोमा उनले असन्तुष्टि जनाएका हुन् ।
