धनगढी । बैतडीकी शिक्षा चन्द अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रथम भएकी छिन् ।
काठमाडौँमा शनिवार सम्पन्न भएको चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा चन्दले प्रथम स्थान हासिल गरेकी हुन् ।
बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ कुलाउ घर भएकी चन्दले स्वर्ण पदक जितेकी हुन् ।
प्रतियोगितामा शिक्षाले स्वर्ण पदक जितेकोमा पञ्चेश्वर गाउँपालिकाले बधाई समेत दिएको छ ।
