• Tuesday 6th of October 2026

अध्यक्ष ओली -देशमा हिंसा भड्काउने काम भइरहेको छ


  • धनकुटा खबर
  • .

शेरबहादुर राई / ओखलढुंगा, असोज ७ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय देशमा हिंसा भड्काउने काम भइरहेको बताउनुभएको छ ।

सहिद गुरु लुइँटेलको स्मृतिमा निर्माण गरिएको पार्क उद्घाटन गर्न जिल्लाको मोलुङ गाउँपालिका रामपुर आउनुभएको ओलीले सम्बोधनका क्रममा यस्तो बताउनुभएको हो ।

वर्तमान सरकारले नागरिकको पक्षमा महत्त्वपूर्ण काम गर्न नसकेको आरोप उहाँले लगाउनुभयो । देशमा विभिन्न प्रकारका अशान्ति फैलाउने, हिंसा भड्काउने गतिविधि भइरहेको बताउँदै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकारले शान्ति स्थापनाका लागि काम गर्न नसकेको चर्चा गर्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सुन प्रकरणमा सरकारले प्रभावकारी अनुसन्धान गर्न नसकेको टिप्पणी गर्नुभयो । वर्तमान सरकारको सत्तामा बसिरहने औचित्य समाप्त भएको समेत अध्यक्ष ओलीले बताउनुभयो।

चम्पादेवी गाउँपालिका घोराखोरीका गुरु लुइँटेलको द्वन्द्वकालमा तत्कालीन माओवादीले २०६० साल भदौ २२ गते बरुणेश्वर रामपुरमा हत्या गरेको थियो । लुइँटेल तत्कालीन समय एमाले निकट शिक्षक सङ्गठन ओखलढुङ्गाका अध्यक्ष हुनुहुन्थ्यो । लुइँटेलको हत्या भएकै स्थानमा उहाँको स्मृतिमा पार्क निर्माण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖