• Wednesday 7th of October 2026

काभा महिला क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जित्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । सेन्ट्रल एसियन भलिबल महासंघ (काभा) ले आयोजना गरेको काभा महिला क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

शनिबार राति माल्दिभस्को मालेमा भएको खेलमा उज्वेकिस्तानी क्लब हुमो भिसीलाई सोझो सेटमा हराएर नेपाल पुलिस क्लब अपराजित रहँदै च्याम्पियन बनेको हो । फाइनलमा पनि आफ्नै उच्च लयमा देखिएको पुलिस टोलीले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट २५–२२ ले जित्न सफल भयो।

पुलिसका लागि निर्णायक मानिएको सेटमा २५–२३ ले खेल आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो। लिगचरणमा पनि पुलिसले हुमोलाई ३–० को सोझो सेटमा हराएको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३–० सेटले हराएको थियो। पुलिसले घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३–२ सेटको जित निकालेको थियो।

त्यो जितपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा पुगेको थियो। शुक्रवार लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिसले अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ ले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖