• Wednesday 7th of October 2026

एरिका गुरूङले जितिन् ऐतिहासिक रजत पदक


  • धनकुटा खबर
  • .

काठमाडौं । कराँते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी छन् ।

चीनमा आइतबार भएको ६८ केजीमाथिको तौल समूहको फाइनलमा उनी भियतनामकी एनगोवान नुगेनसँग हारेपनि देशलाई रजत पदक दिलाएकी हुन् ।

यसअघि एसियन सिनियर कराँते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएनन् । एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।

च्याम्यपियनसिपमा यसअघि शुक्रबार लगातार तीन बाउट जितेर एरिकाले फाइनलको यात्रा तय गरेकी थिइन् ।

उनले प्री-क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४-० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८-० ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖