• Monday 5th of October 2026

गिल र अय्यरकाे शतकमा भारतले अस्ट्रेलियालाई दियाे ४०० रनकाे विशाल लक्ष्य,


  • धनकुटा खबर
  • .

काठमाण्डाै – दाेस्राे एकदिवसीय अन्तर्राष्ट्रियमा भारतले अस्ट्रेलियालाई ४०० रनकाे विशाल लक्ष्य दिएकाे छ ।

इन्दाेरमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ९९ रन बनायाे । भारतका लागि शुभमन गिल र श्रेयस अय्यरले शतक बनाए । गिल १०४ र अय्यर १०५ रन बनाएर आउट भए । यस्तै सूर्यकुमार यादवले नटआउट ७२, कप्तान केएल राहुलले ५२ र इशान किशनले ३१ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका क्यामरन ग्रीनले २ तथा जाेश हेजलवुड, सेन एबाेट र एडम जम्पाले १/१ विकेट लिए ।

अस्ट्रेलियासँगकाे खेलमा भारतकाे याे अहिलेसम्मकै ठूलाे याेगफल हाे । यसअघि सन् २०२० मा अस्ट्रेलियाकाे सिड्नी मैदानमा भारतले घरेलु टाेलीसँगकाे खेलमा ३ सय ८९ रन बनाएकाे थियाे ।
तीन खेलकाे एकदिवसीय शृङ्खलामा भारत १–० ले अघि छ ।

पहिलाे एकदिवसीयमा भारतले अस्ट्रेलियालाई ५ विकेटले हराएकाे थियाे । शृङ्खला जित्ने सम्भावना कायम राख्न अस्ट्रेलियालाई याे खेल जित्नुपर्ने हुन्छ । याे खेल अस्ट्रेलियाले हारेमा भारतले १ खेलअघि नै शृङ्खला जित्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖