धनगढी । कैलालीमा बसकाे ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
साेमबार साँझ गाैरीगंगा नगरपालिका -९ मसुरियामा सुपप्र ०१-००१ क २४६४ नम्बरको बसले ठक्कर दिदा साेही ठाउँ बस्ने ८४ वर्षीय हर्कबहादुर बमको मृत्युु भएको प्रहरीले जनाए छ ।
कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले सडकमा बाटाे काट्ने क्रममा बमलाई बसले ठक्कर दिएकाे बताए ।
उनकाे साेमबार राति धनगढीकाे निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाेहाेराले बताए ।
बस र चालक गाैरीगंगा नगरपालिका-९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएकाे छ ।
