• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

केपी ओली दुनियाँले पत्याएको नेता हुनुहुन्छ, दुनियाँका नाम चलेका विश्वविद्यालय उहाँको प्रवचन सुन्न चाहन्छन् : शंकर पोखरेल


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ असोज । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली समाज बुझेको नेतामा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमात्रै भएको बताएका छन् । हिजो गृहजिल्ला दाङमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले भने,‘नेपालका राजनीतिक दलमध्ये नेपाली समाजलाई बुझेको, इतिहासको जानकारी राख्ने र भविष्यका निम्ति योजना बनाउन सक्ने सक्षम नेतृत्वका रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली रहनुभएको छ। दुनियाँका नाम चलेका विश्वविद्यालयले आज केपी ओलीको प्रवचन सुन्न चाहेका छन् । अध्यक्ष ओली दुनियाले पत्याएको नेता हुनुहुन्छ तर हाम्रो समाज केपी ओलीको आलोचना नगर्ने हो भने राजनीति गर्नुको के अर्थ छ भन्ने शैलीमा भर्खर राजनीति सिक्न लागेको मान्छेले पनि आफू चर्चामा आउन अध्यक्ष ओलीको विरोध गर्ने प्रवृत्ति र गलत परम्परा नेपाली समाजमा हुर्कन लागेको छ ।’

उनले नेपालमा अब सानातिना पार्टी राखेर समाजवाद नआउने ठोकुवा गरे । उनले भने,‘समाजवादको यात्रामा लाग्ने हो भने सानातिना दोकान बन्द गर्नुपर्दछ, यसले मात्रै मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माण हुनसक्छ र त्यसको जगमा मात्र समाजवादको आधार तयार हुन्छ भन्ने सच्चाइलाई बुझ्नुपर्दछ, हामीहरू एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेका छौं ।’

उनले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार बनेपछि समाजमा केही आशा पलाएको पनि दाबी गरे । उनले भने,‘उद्योगी व्यवसायीहरू आशावादी बनेका छन्, मुलुकको आर्थिक अवस्थामा सुधारका लक्षणहरू देखापर्न थालेका छन्, निरन्तर रूपमा ओरालो लागेको मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढ्ने सङ्केत देखापरेको छ, मुलुकको राजश्वमा वृद्धि हुन लागेको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖