काठमाडौं । सरकारले २४ जना उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
यस्तै गृह मन्त्रालयले ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा पनि गरेको छ ।
मन्त्रालयले कास्कीमा सहायक सीडीओ रहेका गुरुदत्त ढकाललाई म्याग्दीको सीडीओ बनाएको छ । रुकुम पश्चिममा कुलबहादुर जिसीलाई र कालीकोटमा नारायणप्रसाद भट्टराईलाई सीडीओ बनाइएको छ ।
