• Wednesday 7th of October 2026

पाल्मरको चार गोलमा चेल्सी विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ । चेल्सीले ब्राइटनमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा कोल पाल्मरले चार गोल गरेका थिए । पाल्मरले २० मिनेटमा चार गोल गरेर चेल्सीलाई सहज जित दिलाएका थिए ।

त्यसैगरी ब्राइटनका लागि जर्जिनियो रोटर र कार्लोस बालेबाले एक एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको ६ खेलमा १३ अंक भएको छ भने ब्राइटनको ६ खेलमा ९ अंक रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖