• Wednesday 7th of October 2026

जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । लिभरपुल इङलिश प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा इब्राहिमा कोन्टे र मोहमद सलाहले एक एक गोल गरेका थिए । त्यसैगरी वोल्भ्सका लागि रयान एट नोउरीले एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुल ६ खेलमा १५ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै वोल्भ्सको भने यस सिजनमा यो पाँचौ हार हो । यो हारपछि वोल्भ्सको ६ खेलमा एक अंकसहित पुछारमा रहेको छ ।
    

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖