• Tuesday 6th of October 2026

घोराहीले दियो राउटे समुदायलाई दशैँ खर्च


  • धनकुटा खबर
  • .

घोराही उपमहानगरपालिकाले आइतबार राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ ।

दैलेखबाट दशै खर्च माग गर्न आएका राउटे समुदायका अगुवालाई घोराही उपमहानगरपालिकाले १५ हजार रुपैयाँ उपलब्ध गराएको हो ।

नगर प्रमुख नरुलाल चौधरीले राउटेहरु लालबहादुर शाही, बिर्खे शाही र जीवन शाहीलाई १५ हजार रुपैयाँ नगद दशै खर्च उपलब्ध गराउनुभएको हो ।

राउटे युवाहरुले नगर प्रमुखसँगै उपप्रमुख हुमाकुमारी डिसीलाई समेत भेट गरेका छन् ।

नगद दशैँ खर्च पाएपछि उनीहरु खुशी भएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖