• Sunday 4th of October 2026

परिणिती चोपडाले विवाहको तस्बिर साझा गर्दै भनिन्, ‘हामी एक अर्काबिना बाँच्नै सक्दैनथ्यौँ’


  • धनकुटा खबर
  • .

बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डाको आइतबार विवाह सम्पन्न भएको छ ।

परिणितीले विवाहको भोलिपल्ट अर्थात् सोमबार आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा विवाहका तस्बिर साझा गरेकी छिन् ,

उनले आफ्नो विवाहका सात वटा तस्बिर साझा गर्दै लेखेकी छिन्, ‘ब्रेकफास्ट टेबलमा हामीबिचको त्यो पहिलो कुराकानीमै हामीले थाहा पाइसकेका थियौँ । यो दिनका लागि लामो समय कुर्‍यौँ ।

अन्ततः श्रीमान् श्रीमती हुन पाउँदा अत्यन्त हर्षित छौँ । हामी एक अर्का बिना बाँच्नै सक्दैनथ्यौँ । हामी सदाका लागि एक अर्काको भएका छौँ र यो हाम्रो सुरुवात हो । ’

परिणितीको यो पोस्टमा थुप्रैले बधाई तथा शुभकामना दिएका छन् । यसमा प्रियङ्का चोपडाले लेखेकी छिन्, ‘मेरो आशीर्वाद सधैँ तिमीलाई ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖