• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

बाढी पहिरोमा परी बेपत्ता रहेका परिवारलाई २ लाख दिने सरकारको निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । सरकारले बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपदमा परी १० दिनसम्म बेपत्ता रहेका परिवारलाई २ लाख दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई मृतककै रूपमा मानेर परिवारलाई २ लाख दिने निर्णय गरेको हो ।

यस्तै सरकारले ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

यस्तै राष्ट्रिय झण्डा आधा झुकाउने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖