• Tuesday 6th of October 2026

राहत शिक्षकका मागमा सरकार सहमत नभएकै हो : शिक्षक संघ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल शिक्षक संघले राहत शिक्षकका विषयमा सरकार सहमत नभएको भन्दै सबै शिक्षकलाई कार्यक्षेत्रमा फर्किन आग्रह गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै आन्दोलनमा होमिएका सबै शिक्षकलाई अब आ–आफ्नो कार्यक्षेत्रमा फर्किइ क्रियाशील भएर काम गर्न अनुरोध गरेको हो ।

राहत शिक्षकका मागहरूमा भने सरकारलाई सहमत गराउन नसकिएको संघले बताएको छ । “राहत कोटाहरूलाई दरबन्दीमा रूपान्तरण गरी कार्यरत शिक्षकहरूको शतप्रतिशत आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने विषयमा सरकार सहमत नभएकै हो, तर यी मागहरूसहित थप उपलब्धिका लागि नेपाल शिक्षक संघ सदैव कृत संकल्पित रहने प्रतिबद्धता व्यक्त गर्दछ” विज्ञप्तिमा भनिएको छ । तीनदिने काठमाडौं केन्द्रित आन्दोलन सफल भएको संघको ठहर छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖