• Monday 5th of October 2026

माल्दिभ्सविरूद्ध नेपालको अग्रता


  • धनकुटा खबर
  • .

साफ यु-१९ फुटबल च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरूद्धको खेलमा नेपालले अग्रता लिएको छ।

सोमबार दिउँसो काठमाडौंस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीच खेल भइरहेको हो। नेपालले पहिलो हाफमा दुई गोल गरेको छ। नेपालका लागि १८औं मिनेटमा प्रशान्त लकसम र ३०औं मिनेटमा समिर तामाङले गोल गरेका हुन्।

गत बिहीबारदेखि सुरू भएको खेल असोज १३ गतेसम्म हुनेछ। पहिलो खेल नेपालले पाकिस्तानसँग खेलेको थियो। जसमा नेपाल १ गोलले पराजीत भएको थियो।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र पाकिस्तान छन्। अर्को समूहमा भारत, भुटान र बंगलादेश छन्। प्रतियोगिताको सुरूआती दुई संस्करण नेपालले जितेको थियो।

गत वर्ष भारतमा भएको च्याम्पियनसिपमा भने घरेलु टिम च्याम्पियन बनेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖