• Monday 5th of October 2026

नेपालका रबिन थापा इन्डोनेसियाका खेलाडीलाई पराजित गर्दै अन्तिम १६ मा


  • धनकुटा खबर
  • .

चीनको हाङझाउमा जारी एसियाली खेलकुदअन्तर्गत बक्सिङको पुरुष ५१ केजी तौल समूहमा नेपालका रबिन थापाले अन्तिम ३२ को खेलमा जित हात पारेका छन्।

उनले इन्डोनेसियाका खेलाडीलाई कोइबानु डिओलाई ४-१ अंकले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरे।

अब उनले अन्तिम १६ मा उत्तर कोरियाका सो चोर्याङसँग प्रतिस्पर्धा गर्नेछन्।

बक्सिङमा आजै नेपालका बिनिता थापा मगर र दिपेश लामाले प्रतिस्पर्धा गर्दैछन्।

यसअघि हिजो संगिता सुनार, दीपक श्रेष्ठ र मिनु गुरुङ पहिलो राउन्डमै पराजित भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖