• Wednesday 7th of October 2026

एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई


  • धनकुटा खबर
  • .

काठमाडौँ– एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली यशविसले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

खेलमा कर्णालीले शुरुका दुई सेट जितेपछि ललितपुरले खेलमा कमब्याक गर्दै तेस्रो र चौथो सेट जितेको थियो । त्यसपछिको फाइनल सेट कर्णालीले १५-१३ ले जितेर उपाधि चुमेको थियो ।

यो हारसँगै ललितपुर क्विन्स उपविजेता बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖